Latest News
aaa

मधेसवादी दललाई शान्ता चौधरीको विनम्र आग्रह- जनतालाई दुःख नदिनुस्

दाङ, २ जेठ । पूर्व सभासद तथा नेकपा एमालेकी नेतृ शान्ता चौधरीले अधिकार माग्ने नाममा अराजकता नमच्चाउन आन्दोलनरत मधेसवादी दललाई आग्रह गरेकी छिन् ।bhann
आइतबार आन्दोलनरत मधेसी दलहरुले सिहदरवार घेराउ गर्ने क्रममा काठमाडौंको माइतीघर नजिकै सरकारी गाडि तोडफोड गर्नुका साथै जनतालाई दुख दिने गरी सडक आन्दोलन गरेपछि उनले यस्तो आन्दोलन जनताको हुनै नसक्ने टिप्पणी गरिन् ।
जनतालाई दुःख दिएर गरिने आन्दोलन सफल नहुने भन्दै उनले शान्तिपूर्ण आन्दोलनका कार्यक्रमलाई अघि बढाउन मोर्चालाई सुझाइन् ।
चौधरीले फेसबुकमा स्टाटस लेख्दै अधिकार प्राप्तिका निम्ति सिंहदरबार घेराउ मात्र नभई वालुवाटार र राष्ट्रपति भवन शितल निवास अगाडि नै शान्तिपूर्ण प्रर्दशन गर्न पाउनु न्यायोचित अधिकार भएको बताउनुभयो ।
जनताका अधिकारका निम्ति जनतामाथि नै ढुङ्गामुडा बर्साउनु, अराजकता मच्चाउनु र जनतालाई नै दुःख दिनुलाई जनताको आन्दोलन मान्न नसकिने भन्दै यसतर्फ सचेत हुनपनि मोर्चालाई उनले आग्रह गरिन् ।
उनले लेखेकी छिन- ‘अधिकार प्राप्तिका निम्ति सिंहदरबार घेराउ मात्र होइन बालुवाटार र राष्ट्रपति भवन सितल निवास अगाडी नै शान्तिपूर्ण आन्दोलन गर्न पाउनु न्यायसम्वत हो । तर, जनताका अधिकारका निम्ति जनतामाथि नै ढुङ्गामुडा बर्साउनु, अराजकता मच्चाउनु र जनतालाई नै दुःख दिनुलाई जनताको आन्दोलन मान्न सकिन्न् । आन्दोलनको उद्देश्य, मर्म र भावनालाई बुझ्दै जनतालाई भड्काउने भन्दा जनता आकर्षित हुने खालका कार्य गर्न आग्रह गर्दछु ।’