आफूलाई गीत/संगीतप्रेमी भन्ने एक फेसबुक समूहले सुरुमा सो तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरकी युवती अञ्जु नै भएको दाबी सो समूहले गरेको छ । युवक को हुन् भन्नेचाहिँ कतै खुलाइएको छैन ।तस्बिरमा देखिएकी युवतीको अनुहार अञ्जुसित मिल्दोजुल्दो छ भने हातको औँलामा लगाएको औँठी र नाकको नत्थीसमेत मिल्नाले शंका गर्नसक्ने आधार थिए । तर, अञ्जुले सो तस्बिर आफ्नो हुनै नसक्ने ठोकुवा गरेकी छन् । ‘औँठी मेरोजस्तै छ तर हात मेरो होइन,’ अञ्जुले भनिन् । तस्बिरका कारण अञ्जु दिनभरि तनाबमा रहेकी थिइन् । यो तस्बिरले गर्दा उनलाई धेरै समस्या खप्नु पर्यो |
‘म एक्लो जीवन बिताइरहेका बेला कसैले प्रविधिको दुरुपयोग गरेर मलाई बदनाम गराउन खोजेको हो,’ अञ्जुले भनिन् । केही समयअघि पति मनोज सेवासँग मनमुटावका कारण छुट्टिएकी अञ्जु अहिले एक्लो जीवन बिताइरहेकी छन् । यसअघि नायिका नम्रता श्रेष्ठ र पूजा लामाका सेक्स भिडियोले हंगामा मच्चाएका थिए । यस तस्बले के साचिकै नेपाली संगीत/गित प्रेमीहरु लाई निराश गर्ने होइन |
Social Buttons