Latest News
aaa

भर्खरै ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु हेर्नुहोस अनि सेयर गर्नुहोस >>>

नयाँ दिल्ली (भारत), १५ फागुन - भारतको उत्तरपूर्वी राज्य मेघालयमा उच्चगतिमा सडकमा गुडिरहेको ट्रक आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

मेघालयको राजधानी सिलोङबाट करिब ९५ किलोमिटर पश्चिममा अवस्थित पश्चिम खासी जिल्लाको नोङस्टोन नजिकै भएको उक्त घटना क्रिश्चियन समुदायका धर्मावलम्बीहरु एक धार्मिक कार्यक्रमका लागि चर्चमा जाने क्रममा भएको बताइएको छ ।

प्रहरी अधिकृत विजय क्षेत्रीका अनुसार क्षमताभन्दा बढी मानिस बोकेको उक्त ट्रक गति नियन्त्रण बाहिर पुगेपछि सडक छेउमा सिमेन्टको रेलिङमा ठोक्किई सडकमा लडेको थियो ।


क्षेत्रीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र ६२ जना घाइते अवस्थामा अस्पतालमा उपचारका लागि पठाइएको पुष्टि गरे ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ट्रक चालकको लापरवाहीका कारण दुर्घटना हुन पुगेको जनाएको छ ।

भारतीय यातायात मन्त्रालयले सन् २०१५ मा सार्वजनिक गरेको तथ्याङ्कमा सो वर्ष एक लाख ४६ हजार १३२ मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाएका थिए ।

सन् २०१५ मा पाँच लाख एक हजार दुर्घटना भएको र झन्डै पाँच लाख मानिस घाइतेसमेत बनेका थिए । रासस/सिन्ह्वा