Latest News
aaa

नायिका रेखाको रहस्यमय मृत्यु, शव अपार्टमेन्टमा फेला,

एजेन्सी । चचिृत बलीउड अभिनेत्री रेखा मोहनको रहस्यमय मृत्यु भएको छ ।


टेलिभिजनकर्मी तथा अभिनेत्री प्रत्युषा बनर्जीको रहस्यमय मृत्यु भएको १ वर्ष नबित्दै ४५ वर्षीया अभिनेत्री रेखाको मृत्युको खबरले बलीउडकर्मी पनि निराश देखिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उनी केरलास्थित शोभा सिटी कम्पलेक्सको एक अपार्टमेन्टमा बस्दै आएकी थिइन् । उनका ‘वारूवोलम’ र ‘यात्रामोझी’ लगायतका फिल्महरु चर्चित छन् ।

रेखाको रहस्यमय मृत्युको अनुसन्धान भइरहेको भारतीय प्रहरीलाई उल्लेख गर्दै भारतीय मिडियाले उल्लेख गरेको छ ।