उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ? लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’
ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन्
Social Buttons