Latest News
aaa

भर्खरै चीनलाई काउन्टर दिन भारतको रेल रणनीति पूरा समाचर पढेर सक्दो share हेर्नुहोस

प्रधानमन्त्रीकोरुपमा केपी शर्मा ओलीले चीन भ्रमण गर्दा सबैभन्दा चर्चाको विषय बनेको थियो केरुङ पोखरा रेल सेवा । त्यस्तै चीनले लुम्बिनी जोड्ने रेलबारे समेत चासो देखाएपछि त्यतिबेला अव चिनियाँ रेल नेपाल आउने भो भन्दै ब्यापक मिडियाबाजी भएको थियो । चीनले सांकेतिकरुपमा काठमाडौंको नाम लेखेरे सीमा नाका सम्म आउने रेल छुटाएपछि त भारतीय मिडियाले रेल नेपालका लागि नै रेल हिँडे जस्तो गरी आतंक मच्चाएका थिए ।

त्यतिबेला नेपालीहरुले पनि चिनियाँ रेल नेपालमा आउन लागेको विषयलाई अतिरञ्जना फ्यान्टासीको हिसावले बुझेका थिए । तर ब्यवहारिक अध्यन हुन बाँकि नै रहेको यो रेल सेवा परियोजना साँच्चिकै अघि बढेपनि आगामी ५ वर्ष सम्म नेपालीहरुले कुर्नै पर्ने विश्लेषकहरु बताउँछन् । अव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुन लाग्दा भने भारत नेपाल रेलको चर्चा भएको छ ।

भौगोलिक हिसावले चीन नेपाल सीमा क्षेत्र भन्दा भारत नेपाल सीमा क्षेत्र सहज छ । सडक देखि रेल र हवाइ यातायातको दृष्टिले पनि चीन भन्दा भारतसँगको सम्बन्ध सहज देखिन्छ । नेपालमा देखिएको रेल मोहलाई बुझेको भारतले चीनले नेपालमा चालेको रेल रणनीतिलाई काउन्टर दिने गरि निरन्तर प्रस्ताव गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा नेपाल भारत सीमा रेल लिङ्कको एजेण्डा प्रमुखरुपमा मुखरित भएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमण एजेण्डा रेल र तेल

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भ्रमण भएमा प्रमुख एजेन्डा रेल र तेल नै हुने विश्लेषकहरुले बताएका छन् । किनभने, यसअघि ओलीको भ्रमणताका जारी संयुक्त वक्तव्यमा परिसकेका र त्यसका लागि केही हदसम्म छलफल र तयारी पनि भएका एजेन्डा हुन् यी । काठमाडौँ–रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् ।


केरुङ नाका समुद्री सतहबाट २ हजार ८ सय मिटरको उचाइमा छ । तिब्बतका मुख्य सहरहरू ल्हासा र सिगात्से योभन्दा करिब एक हजार मिटर बढी उचाइमा छन्, जहाँसम्म रेल पुगिसकेका आधारमा पनि नेपालसम्म रेल सञ्जाल विस्तार गर्न प्राविधिक र भौगोलिक रूपमा कठिनाइ देखिँदैन । चिनियाँ विज्ञहरूका अनुसार यस रेलमार्गबाट नेपाल त विश्वबजारसँग जोडिने नै छ, साथै चीनलाई दक्षिण एसिया प्रवेशको ढोका पनि खोल्नेछ । तीन वर्षअघि सार्वजनिक ओबीओआरजस्तो रणनीतिक महत्त्वको योजनामा नेपाल मिसिइसकेपछि जिनपिङ भ्रमणले ठोस कार्यान्वयनको ढोका खोल्नेछ ।


काठमाडौँसम्म रेलमार्ग पुर्‍याउन जति हतारो भारतलाई छ, त्यस्तै हतारो देखिन्छ चीनलाई पनि । किनभने, तदारुकता नदेखाउने हो भने आफूभन्दा पहिल्यै भारतीय रेलसञ्जाल काठमाडौँसम्म आइपुग्न सक्छ । यो रेलमार्ग रणनीतिको प्रतिस्पर्धा नेपालको हितलाई केन्द्रमा राख्न होइन, उनीहरूको आफ्नै सामरिक र आर्थिक स्वार्थका लागि रहेको बुझ्न कठिन छैन ।


ओली भारत भ्रमण सकेर नेपाल फर्केको पर्सिपल्टै १४ फागुनमा त्यहाँको संसद्मा रेल बजेट प्रस्तुत गर्दै रेलमन्त्री सुरेश प्रभुले उत्तरप्रदेशको सिद्धार्थनगरदेखि काठमाडौँसम्म रेलमार्गको प्रारम्भिक सर्वेक्षणका लागि ५४ लाख भारतीय रुपियाँ विनियोजन गरेको जानकारी दिएका थिए । कुल ३ सय ५९ किलोमिटर लामो हुने अनुमान गरिएको यो मार्गको सर्वेक्षण गरिने घोषणा नेपालका हकमा अप्रत्याशित थियो । कारण, यो प्रयोजनका लागि लागि नेपालसँग भारतको कुनै समझदारी वा सहमतिमा हस्ताक्षर भएको छैन । चार वर्षभित्र चिनियाँ रेलमार्ग उत्तरी सीमा सहर केरुङ आइपुगेपछि काठमाडौँतर्फ आउने सम्भावना प्रबल देखिएकाले भारतीय हतारो बढेको जानकारहरूको आकलन छ । मध्य चीनको गोल्मुडबाट सुरु भएर दोस्रो ठूलो तिब्बती सहर सिगात्से आइपुगेको रेलमार्ग सन् २०२० भित्र रसुवाको सीमावर्ती सहर केरुङसम्म ल्याइपुर्‍याउने चिनियाँ योजना छ ।

चीनबाट काठमाडौंको गन्तब्य राखेर रेल छुटेपछि भारतीय मिडियाले रेलमा हतियार समेत आपुर्ति हुन सक्ने भन्दै ब्यापक प्रचारवाजी गरेका थिए ।

भारतीय सञ्चार माध्यमले चीनले एकातिर नेपाल र अर्कोतिर कश्मिरको विषयबाट पाकिस्तानलाई उचालेर भारतलाई घेराबन्दी गरिरहेको तथा चीनले रेलमा मालसामान मात्र नभएर हतियार समेत पठाउन सक्ने भन्दै फिचर प्रकाशित गरेको थियो । नेपाललाई युद्धको सक्षम बनाउनका लागि चीनले हतियार आपुर्ति गर्न सक्ने र यसले भारतलाई समस्यामा पार्ने दावी समेत भारतीय सञ्चार माध्यमको थियो ।

भारतले राखेको रेल मार्ग जोड्ने प्रस्तावप्रति संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले बुधबारको संसदमा भनेका थिए, “भारतीय भूमि हुँदै नेपालका सीमानाकाहरुसम्म ल्याउने र बिशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल सेवा सम्झौतालाई संशोधन गर्ने सम्वन्धी पत्रहरुको आदान प्रदान गर्ने कार्य सम्पन्न हुनेछ । नेपालले प्रस्तुत गर्ने तयारी गरेका विषयहरु एवं भारतीय पक्षबाट आउने प्रस्तावहरुका सम्वन्धमा हाम्रो तर्फबाट नेपालको सर्वोत्तम हित हुने गरी छलफल, विचार विमर्श एवं समझदारी हुनेछ”। यो पृष्ठभूमिमा भारतले प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा रेल मार्ग जोड्ने कुरालाई प्रमुख महत्व दिने निश्चित छ । रेल र तेलको नाममा नेपालमा बढिरहेको चिनियाँ प्रभाव रोक्नकै लागि भारतले रेल रणनीति अघि सारेको संकेत भारतीय मिडियाले गरेका छन् ।

केही समय अघि पोखरामा बोल्दै नेपालका लागि भारतीय राजदूत रन्जित रे ले नेपालका ५ वटा नाकामा भारतले रेल सेवा सञ्चालनका लागि कार्ययोजना अगाडि बढाएको बताएका थिए । उनले नेपालका विभिन्न ५ वटा नाकामा रेलले जोड्ने भन्दै मालबाहकलाई पहिलो प्रथामिता दिँदै रेल सञ्चालन गर्ने समेत बताएका थिए ।

प्रचण्ड दिल्ली पुग्ने पूर्वसन्ध्यामा भारतीय अखबार दैनिक जागरणले चीनलाई आफ्नो ऐना देखाइदिन भारतले प्रचण्डको भारत भ्रमणलाई उपयोग गर्ने उल्लेख गरेको छ । चीनको हैसियत देखाउन भारतले पूर्वपश्चिम रेल तथा भारतीय बन्दरगाह प्रयोग गर्न नेपाललाई अनुमति दिने कुराहरु रहेको उक्त दैनिकले जनाएको छ ।

भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै उक्त पत्रिकले नेपालको पूर्व पश्चिम रेल मार्ग विस्तारका लागि भारतले सहयोग गर्ने र रेलमार्ग र १०३० किलो मिटर सडक मार्ग प्यारलल हुने समेत उक्त दैनिकले जनाएको छ ।