बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ । सिया विद्रोहीहरुले सो कुरा मङ्गलबार जनाएका छन् । सो आक्रमणमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो ।
सोमबार साँझमा भएको यस विस्फोटमा बालबालिकासहित आठ व्यक्ति घाइते भएका विद्रोहीको नियन्त्रणमा रहेको त्यहाँको सबा समाचार समितिले जनाएको छ ।
यमनमा गत मार्चदेखि आइएससमूहसँग आवद्ध सुन्नी अतिवादीहरुले सिया विरुद्ध भीषण आक्रमण गर्दै आएका छन् । जिहादीहरूको एक वेभसाइटमा प्रकाशित विज्ञप्तिका अनुसार सिया हुथी विद्रोही विरुद्ध बदलाको भावनाले सो आक्रमण गरिएको बताइएको छ ।
गत सेप्टेम्बरको अन्त्यदेखि यमनको कयौं क्षेत्र नियन्त्रणमा लिएका हुथी समूहका विद्रोहीहरुहमा राजधानी सानामा रातभर भएको झडपमा परी ११ लडाकूहरुको ज्यान गएको बताइएको छ ।
तर अहिले भने यमन र साउदी अरेबियाका सेनाले सो सहर आफ्नो नियन्त्रणमा लिइसकेको छ । गत आइतबारदेखि नै यमनको विभिन्न क्षेत्रमा बमलागायतका आक्रमणहरुमा दर्जनौँ नागरिक मारिएका छन् ।
Social Buttons