Latest News
aaa

यौन सम्पर्क को लागि पुरुष को लिंग कत्रो हुनुपर्छ ?सनो वा ठुलो लिंगले कसरी असर गर्छ ? थाहापाइ राखौ

लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक–फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो भने कसैको पातलो अनि त्यसको आकार पनि फरक हुन सक्छ । एक अध्ययनले सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च हुने कुरा उल्लेख गरेको छ । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च भएको बताइन्छ ।
अहिले देशअनुसार लिंगको नापसम्बन्धी अध्ययन पनि गरिएका छन् । अध्ययनअनुसार केही विविधता भए पनि कङ्गो (७ दशमलव १ इन्च), इक्वेटरको (६ दशमलव ९ इन्च) भने, हल्यान्डको (६ दशमलव २ इन्च), फ्रान्सको (५ दशमलव ७ इन्च), बेलायतको (५ दशमलव ५ इन्च), संयुक्त राज्य अमेरिकाको (५ दशमलव १ इन्च), पाकिस्तानको (४ दशमलव ८ इन्च), दक्षिण कोरियाको (४ दशमलव ४ इन्च), जापानको (४ दशमलव ३ इन्च), थाइल्यान्डको (४ इन्च), भारतको (४ इन्च), उत्तरी कोरियाको (३ दशमलव ८ इन्च) देखिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्यांक उपलब्ध नभएका कारण यसै भन्न नसकिए पनि हाम्रो वरिपरिको देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरामा मिल्ने भएकाले तुलना गर्न मनासिव नै होला ।

आफ्नो लिंगको नाप नलेख्नु भएका कारण तपाईंको लिंग साँच्चिकै सानो छ कि छैन भन्न सकिने स्थिति भएन । उचित तरिकाले लिंगको नाप लिनु जरुरी छ, तर कतिपय व्यक्तिलाई आफ्नो लिंगको नाप सामान्य नै भए पनि सानो भएजस्तो लाग्छ । यस्तो स्थितिलाई हामी Small Penis Syndrome भन्छौं