मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्त प्रकाश ओली नेतृत्वको कम्युनिष्ट न्युक्लिअस नेपाल पार्टीले प्रचण्डको नेतृत्वमा बनेको नयाँ पार्टी नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेको हो ।
तीनै पार्टीका प्रमुखले विहीबार साँझ एक विज्ञप्ति जारी गरी एमाओवादी नेतृत्वमा ‘अवसरवादी घटकहरु’बीच एकता भएको भन्दै त्यसको कुनै औचित्य नभएको र देश र जनताका लागि यो एकता घातक हुने दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘माओवादी नेतृत्वमा कतिपय अवसरवादी घटकहरुका बीचमा एकताको ठूलो होहल्ला र दक्षिणपन्थी अवसरवादको हावाहुरी चलेको छ । राष्ट्रको स्वाधिनता, जनताको जनतन्त्र तथा जनजीविकाका आधारभुत समस्याहरुको समाधानको निम्त गरिने आन्दोलन र देश तथा जनताको मुक्तिको निम्ति अत्यन्तै भ्रामक तथा घातक रहेको छ ।’
Social Buttons