काठमाडौं, २६ वैशाख । एमाले नेतृत्वको सरकारको नीति तथा कार्यक्रम घोषणा भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट कडा प्रतिक्रिया आएको छ ।
नीति तथा कार्यक्रम घोषणा समारोहमा सहभागी भएका काँग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका नीति तथा कार्यक्रमको कुनै अर्थ नभएको धारणा राखे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम घोषणा गरिसकेपछि संसद भवनबाट बाहिरिने क्रममा देउवाले पत्रकारहरुसँग भने– ‘म्याद तोकिएको सरकारको बजेट कार्यान्वयन हुँदैन्, यसको अर्थ पनि छैन् ।’
सरकारका मन्त्रीहरुले नै यो सरकार तीन महिनाभन्दा बढी नटिक्ने भनिरहेको स्मरण गर्दै देउवाले म्याद तोकिएको सरकारको बजेट महत्व नहुने हुँदा कुनै हालतमा कार्यान्वयन नहुने दाबी गरे

Social Buttons