काठमडौं । एकीकृत नेकपा माओवादीसँग विभिन्न दश माओवादी गठबन्धन मिलेर नेकपा (माओवादी केन्द्र) निर्माण भएको छ । ती पार्टीहरुका बीचमा एकीकरण भएपश्चात् बन्ने केन्द्रीय समिति निकै जम्बो बन्ने अवस्थामा छ ।Capture
अर्थात नेताहरुका बीचमा यही समहति बनेको छ र ६ सय ९९ सदस्यीय समिति बन्दै छ । यही विषयलाई लिएर पार्टीका सुप्रिम कमाण्डर प्रचण्डको आलोचना भैरहेको छ । अझ उनले आफ्नो छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई पनि केन्द्रीय कमिटीमा राख्ने निर्णय गरे ।
यद्यपी उनीहरु दुवै जना जनयुद्धकाल देखि पार्टीमा लागिरहेका छन् । रेणुको विषयलाई लिएर आलोचना भैरहेका बेला उनले भने आफु केन्द्रीय सदस्य बन्न लालायीत नभएको बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै रेणुले भनेकी छिन् कि, ‘म आफू खटेको कार्यक्षेत्रबाट अनुमोदित भएर यहाँसम्म आइपुगेकी हुँ । आफ्नो हैसियत हुँदा हुँदै पनि अहिले बन्न लागेको असन्तुलित केन्द्रीय समितिमा मलाइ नराखियोस् ।’
आगामी महाधिवेशनमा कार्यकर्ताको बीचबाट विधी र प्रक्रियाद्वारा केन्द्रीय सदस्यमा चुनिन चाहेको भन्दै रेणुले आफ्नै बाबुको निर्णयको विरुद्धमा उभिने हिम्मत गरेकी हुन् ।
उनले बाबुलाई सुझाव समेत दिएकी छिन् । उनले पार्टीका आम कार्यकर्ताको सन्तुलित व्यवस्थापनका लागि पालुङटार विस्तारित बैठकमा जस्को जुन हैसियत थियो त्यसैलाई आधार बनाएर केन्द्रीय समिति बनाउनुपर्ने बताएकी छिन् ।
प्रचण्डकि छोरि रेणु दाहाल ले राखेको स्टाटस जस्ताको त्यस्तै :-
वुवा प्रचण्डको नाम जोडेर मलाई पार्टीको केन्द्रिय समितीमा थपिन लागेको भन्ने मिडियाबाजीले मलाई दू:खित तुल्याएको छ।
म ऑफु खटेको कार्यक्षेत्रबाट अनुमोदित भएर यहॉ सम्म पुगेको हुँ।
आफ्नो हैसियत हुँदाहुँदै पनि अहिले बन्न लागेको असन्तुलित केन्द्रिय समितीमा मलाई नराखियोस्।
म आगामी महाधिवेशनबाट कार्यकर्ताको विचबाट विधी र प्रकृयाद्वारा केन्द्रिय सदस्यको रुपमा चुनिन चाहन्छु।
अन्तमा, मेरो सुझाव यो छ कि; आम कार्यकर्ताको सन्तुलित व्यवश्थापन गर्नको लागि पालुंगटार विस्तारित वैठक जहॉ हामी सवै माओवादी एकै ठॉऊमा थियौं, त्यहि हैंसियतलाई आधार बनाएर चुस्त केन्द्रिय समिती निर्माण गर्दा नै आम कार्यकर्तामा प्राकृतिक न्याय हुनेछ।।

Social Buttons