Latest News
aaa

दासढुंगा दुर्घटनाको २३ वर्ष : मदन भण्डारी र जीवराज आश्रितको सडक दुर्घटना अझै रहस्यमै

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परि निधन भएको २३ वर्ष पुरा भएको छ ।
२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रति चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले नागरिकलेा दुर्घटना रहस्यमय मान्दै आएका छन् ।