Latest News
aaa

.ऋषी धमलाले प्रियंका र दयाहाङलाई सोध्नेछन् यस्तो प्रश्न ?

चलचित्र ‘हाउ फन्नी’ले एक गीत सार्वजनिक गरेपछि प्रदर्शन मिति पनि तय गरेको छ । यो चलचित्र अब जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रलाई निलु डोल्मा शेर्पाले निर्देशन गरेकी हुन् । वितरकहरुसँग सल्लाहा गरेर प्रदर्शन मिति तय गरिएको निलुको भनाई छ । यो चलचित्रमा पत्रकार ऋषी धमला पनि केमियो भूमिकामा देखिनेछन् ।
धमलाको जस्तै क्यारेक्टर भएकाले खेल्ने प्रस्ताव गरेको निलुको भनाई छ । यो चलचित्रमा पनि एक पत्रकार सम्मेलनको आयोजना हुनेछ र ऋषीले प्रश्न सोध्नेछन् । चलचित्रकी नायिका प्रियंका कार्कीले पनि ऋषी धमलासँग पत्रकार सम्मेलनमा रहँदा पर्दामै भएपनि रमाइलो लागेको बताइन् ।
चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, अनुप विक्रम शाही, निशा अधिकारी, शिशिर राणा मुख्य भूमिकामा छन् । चलचित्रमा शान बस्न्यातको पटकथा तथा संवाद, शैले सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको संगीत, हरी हुमागाँइको छायांकन छ । चलचित्रमा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी छ source taja khabar