Latest News
aaa

Breaking News भर्खरै पोखरामा बिमान दुर्घटनाग्रस्त, पाइलट र सवार पर्यटकको मृत्यु माछापुच्छे र अन्नपुर्ण हिमालको फेदिमा दुर्घटना भएको छ

काठमाडौं । गत वर्ष बेपत्ता भएको पोखरा अल्ट्रालाइट जहाज पोखरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त जहाज माछापुच्छे र अन्नपुर्ण हिमालको फेदिमा दुर्घटना भएको अवस्थामा फेला परेको हो ।
पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनाराण श्रेष्ठका अनुसार अल्ट्रालाइटका पाइलट र सवार पर्यटकको पनि मृत्यु भएको छ । उक्त जहाज २०७२ असोज २१ गतेदेखि बेपत्ता भएको हो । श्रेष्ठका अनुसार विमान टुक्रा÷टुक्रा भएको अवस्थामा फेला परेको र जहाजका पाइलट र पर्यटकको अस्थिपञ्जर समेत फेला परेको छ ।