करुणा कुँवर, मनोविज्ञ (फेमिली थेरापिष्ट) नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या
केही उदाहरण दिन सकिन्छ ? – धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हँुदोरहेछ, समस्या के पाउनुभयो ? – सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनांै । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ? उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्ण हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो । नेपालका शहरी क्षेत्रमा महिला–पुरुष सेक्समा उदार हँुदैछन् , यससँगै सेक्समा बिभिन्न प्रयोग भएको सुन्न पाइन्छ , यसलाई कसरी लिनु भएको छ ? – शहरमा सेक्स टोयका सामान बिक्रि हुन थालेका छन् । प्रारम्भमा मलाईपनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् भन्ने लागेको थियो । तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै बर्गका मानिस जाने रहेछन् । यसले सेक्समा मानिस उदार हुदै गएको देखिन्छ । यद्धपि कस्तो सेक्स वा नराम्रो भन्ने कुरा दुईजना वीचको यौन ब्यबहारले छुट्याउने कुरा हो । यौन कृयाकलापका बेला दुबैजाना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो कृयाकलाप अरुका लागि अप्राकृतिक भएपनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो । अहिले गुदा मैथुन मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाइँको अध्ययनले के पाउनु भयो ? – विदेशमा विशेषगरी शिक्षित जोडीहरु सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरुषलाई मुख मैथुन रमाईलो लाग्छ भने त्यहा महिलाले पनि आफुलाई त्यही रुपमा आप्mनो सन्तुष्टीको आधार खोज्छिन् । यहि कारण महिलाहरु पनि त्यती नै रमाईलो मान्छन् । नेपालमा भने महिलाहरु आफ्नो सन्तुष्टिको अधिकारबारे त्यती सचेत छैनन् । आफ्नो पार्टनरले मुख मैथुन वा गुद मैथुनको बारेमा कुरा गरो भने आफु जर्वजस्तीमा परेको अनुभब गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेवित्तिकै पुरुष लिङग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रती दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो । किशोरीहरुमा हिस्टोरीया भन्ने एक किसिमको परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो ? – किशोर अवस्थामा अचानक बेहोश हुने वा अन्य कृयाकलाप देखाउने रोग भएकोले हिस्टोरीयालाई यौन सगँ जोडीएको हो । वास्तवमा यो यौनसगँ सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोली यसलाई ‘कन्भर्जन डिसअर्डर’ भनिन्छ । पहिलो हिस्टोरीया भएका यूवतीलाई विवाह गरिदिदा यो रोग हराएकोे पाईयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टि सँग सम्बन्धित हो भन्ने ब्याख्या गरियो । आजभोली यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन , जुनसुकै तनावका कारण पनि हिस्टोरीया हुन सक्छ । विवाहको केही बर्षपछि पुरुषहरु आफ्ना श्रीमतीको यौन चाहाना कम भएको भन्ने गर्छन् । उनीहरु परस्त्री गमन गर्न थाल्दछन् । फलस्वरुप परिवार विखण्डनको अवस्था आउने गरेको छ । यसको खास कारण के हो ? – विवाहको पहिलो बर्ष महिलाहरु पुरुषप्रति जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुदै जान्छ । उनीहरुको ध्यान आफनो श्रीमान भन्दा छोरा–छोरी प्रति जान्छ । तर पुरुषले श्रीमतीबाट त्यही ब्यवहार चाहान्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । म सँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसगँ सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ । नेपालमा एकथरी महिला छन् जसका लागि यौन लाजको बिषय हो । तर अर्काथरी महिला यस्ता पनि छन्, जो खुला रुपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन् , यसलाई कसरी लिनुहुन्छ ? – धरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गदैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आप्mनो–आफनो यौनिकता प्रर्दशन गरिरहेका हुन्छन् ।मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन , पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् । आजको तपाईंको पत्रिका सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् । यौन भनेकै यस्तो कुरा हो । जो कसैले प्रकट गरोस् या नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम बस्त्र लगाउँछिन् । यसकारण उनी सबैभन्दा बढी यौन इच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन् त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन । यति हुँदाहुँदै पनि नेपालीहरु किन हिप्पोक्रयाट भएका ? – किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासंग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरुले यसलाइ लाजको बिषय भने । शिक्षक–शिक्षकाले पनि यसलाई गोप्य भनिदिए । यसरी जोवाट यौनका बिषयमा खुलेर कुरा आउनु पर्ने होे, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचार यौन कलंकित हुने नै भयो । म सभ्य छु भन्नेहरुले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो । अहिलेको नयाँ पुस्ता घरमा यौनलाइ गलत भनेको सुन्छ, तर इन्टरनेट र साथिभाइका माध्यमबाट सबैकुरा सिकिसक्छ । यस्तो अबस्थालाई कसरी मिलाउने ? यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ । नत्र विकृत ब्यक्ति जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोबैज्ञानिकहरुले थाइल्याण्डमा यही विषयमा चर्चा गरेका थियौ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ
Social Buttons