Latest News
aaa

थापालाई सुनाइएको मृत्युदण्डको फैसला पुनर्विचार गर्न श्रीलंकालाई प्रधानमन्त्री प्रचण्डको आग्रह

OW#नेपाली चलचित्र#बलिउड#प्रचण्ड#नेपाली क्रिकेट#रोजगारी#साहरुख खान#दीपिका पादुकोण


थापालाई सुनाइएको मृत्युदण्डको फैसला पुनर्विचार गर्न श्रीलंकालाई प्रधानमन्त्री प्रचण्डको आग्रह
अनलाइनखबर
0
प्रतिक्रिया
Prachand-and-Maitripala-Sirsena

३० असोज, गोवा । लागूऔषधको अभियोगमा ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न प्रधानमन्त्री प्रचण्डले श्रीलंका सरकारलाई आग्रह गरेका छन् ।

आइतबार भारतको गोवामा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेनासँग भएको भेटमा प्रचण्डले मृत्युदण्डको फैसला पुनर्विचार गर्न अनुरोध गरेका हुन् ।

प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरसेनासँग आग्रह गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलुकहरुमा नेपाली महिलाहरु लगिने गरिएकामा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरेका थिए ।

श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै नेपालले राखेको चासोप्रति श्रीलंका सकारात्मक रहेको बताएका थिए ।

भारतले आयोजना गरेको ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हाल गोवामा छन् ।

२०७३ असोज ३० गते ११:२० मा प्रकाशित