ती अनुसन्धाताहरूका अनुसार, पुरुषको गुप्तांगको औसत लम्बाइ, उत्तेजित अवस्थामा, ५.२ इन्च अर्थात् १३.१२ सेन्टिमिटर हुन्छ। सामान्य अवस्थामा चाहिँ ३.६ इन्च अर्थात् ९.१६ सेन्टिमिटर लामो हुन्छ।
यो अनुसन्धान 'बि्रटिस जर्नल अफ युरोलजी' मा प्रकाशित छ। यसका लागि १७ वटा अध्ययन गरियो, जसमा १५ हजार ५ सय २१ पुरुष सहभागी थिए। अनुसन्धान अनुसार, उत्तेजित यौनांगको मोटाइ ४.६ इन्च अर्थात् ११.६६ सेन्टिमिटर हुन्छ भने सामान्य अवस्थामा ३.७ इन्च अर्थात् ९.३१ सेन्टिमिटर मोटो हुने गर्छ। पुरुषको उचाइ र गुप्तांगको लम्बाइबीच त्यति साह्रो सम्बन्ध नहुने उक्त अध्ययनमा उल्लेख छ।
प्रजनन क्षमता र किनमेल
हालैको अर्को अध्ययनमा महिलाको प्रजनन क्षमता र किनमेल -सपिङ) बीच सम्बन्ध हुन सक्ने प्रक्षेपण गरेको छ। टेक्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरू १८ वर्षदेखि ४० वर्ष उमेर समूहका पाँच सय महिलामा अध्ययनपछि यो निष्कर्षमा पुगेका हुन्।
'कन्जुमर्स रिसर्च जर्नल' मा प्रकाशित उक्त अध्ययन अनुसार, प्रजनन क्षमता बढेका बेला महिलाहरूले किनमेललाई बढी महत्त्व दिने गर्छन्। अर्थात्, गर्भाशयमा डिम्ब निस्किने समयमा महिलाहरूले बजार बढी चहार्ने गर्छन्। गर्भ बस्न सक्ने सम्भावनाले महिलालाई त्यता डोर्याउने गरेको हो।
यो अनुसन्धान महिलाको प्रजनन क्षमतालाई लिएर भएका अन्य अनुसन्धानमा समेत आधारित छ। यसअघिका अनुसन्धानहरूमा प्रजननका लागि उर्वर समयमा महिलाहरूलाई पुरुषसँग सम्बन्ध राख्ने चाहना बढी हुन्छ।
Social Buttons