उनी चर्चामा आउनको कारण हो उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस । उनले स्टाटस लेख्दै जथाभावी भैरहने बन्द हड्ताल लुट र ठगिका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेकी छिन् ।
देशमा पछिल्लो समय हत्या, हिंसा, लुटपाट र बलत्कारका द्दटनाहरु बढिरहेका छन् । देशमा कुनै न कुनै रुपमा लुट, ठगि भैरहेको र त्यसमा वर्तमान सरकार रमिते बनिरहेको प्रति उनको दुखेसो रहेको छ ।
अझ लुट्न ठग्न र अपराध गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्नेहरुलाई सरकारले माफी दिईरहेको प्रति उनले कडा आक्रोश व्यक्त गरेकी छिन् । उनले आफ्नो फेसबुक वालमा यस्तो चेतावनी दिएकी हुन् ।
विश्वमा नेपाल मात्र एक त्यस्तो देश होला जहाँ लुट्न, ठग्न लगायतका अपराध गर्न पनि पाउँनै पर्छ भनि आन्दोलन र बन्द हुन्छन् र सरकार केबल हेरिरहन्छ, समेत भनेकी छिन् ।
Social Buttons