Latest News
aaa

नेपाल–भारत सीमाका एक सय ४७ पिलर फेरी गायब

काठमाडौं, २२ जेठ । भारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ ।

फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको हो ।


नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भ निरीक्षण अनुगमन, स्तम्भको गणना, पुनर्निर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी टिम लिडर रहेको वैठकमा एक वर्षको कार्य प्रगतिका विषयमा समेत समीक्षा भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।