समितिलाई दिएको बयानमा यो कुरा उल्लेख छ । पारस र गोरखशमशेरले सञ्चार माध्यममा पनि यस्तै धारणा व्यक्त गरेका छन् । तर, युवराज दीपेन्द्रमाथि कसले गोली चलायो भन्नेचाहिँ सबैको कौतुहल मात्रै होइन रहस्यकै विषय बनेको छ । दीपेन्द्रमाथि गोली प्रहार भएको देख्ने व्यक्ति अहिलेसम्म सार्वजनिक भएको छैन । पारसले समितिसमक्ष भनेका छन, ‘दाई दीपेन्द्रको एडिसी दौडेर आयो । हि सट हिमसेल्फ (दिपेन्द्रले आफैलाई गोली हाने ) तर बोहोराले भने दीपेन्द्रले आफैमाथि गोली हानेको दृश्य देखेको बताएका छैनन । उनले भनेका छन, ‘त्यत्रो घटना घटिसक्यो । सबै जना ढलिसके । तर त्यतिबेला मैले युवराजले आफैलाई हानिबक्स्यो भनेर सोच्दै सोचिनँ । मेरो दिमागमा उहाँलाई कसरी नियन्त्रमा लिने भन्ने कुरा मात्रै आयो । यदि उहाँलाई केही भएको रहेनछ भने त उहालाई बढी समय लाग्न सक्छ । त्यसैले हामीले बिस्तारै हेर्दै थियौं । बिलियर्ड बैठकको गार्डेनमा झर्ने भर्याङमा घ्यार्घ्यार आवाज सुन्यौं । त्यही आवाजका आधारमा हामीले युवराजलाई देख्यौं । दीपेन्द्रले आफैले आफैलाई गोली हानेको कुरा पुष्टि गर्ने भरपर्दो तथ्य समितिले पनि प्रस्तुत गर्न सकेको छैन । अन्तिममा दीपेन्द्रले बोकेको बन्दुकले आफैतिर फर्काएर गोली चलाउन सकिनेमा सुरक्षा तथा हतियार मामिलाका विशेषज्ञहरु पनि सहमत छैनन् । बरु दीपेन्द्रलाई नियन्त्रणमा लिई थप क्षति हुन नदिने उद्देश्यले नै भए पनि सरक्षाकर्मी मध्येबाट कसलै गोली चलाएको हुन सक्ने एकाथरीको अनुमान छ । आजको नेपालमा समाचार छ।
दरबार हत्याकाण्डको थप अनुसन्धानः कसले हान्यो दीपेन्द्रलाई गोली ?

Social Buttons