Latest News
aaa

बिमलको बहिनी मनिषा मुत्यु प्रकरणः खुल्यो मृत्युको खास कारण...

नवलपरासी । वर्दघाटकी मनीषा घर्तीमगरको मृत्युको कारण उनका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीसँगको झगडा रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त दिन मनिषा घरमा एक्लै थिइन् । त्यही मौकामा आएका आशिष र उनीबीच झगडा भएको थियो ।

उनले त्यसअघि मनीषासित लिए दिएका उपहार फिर्ता गरेका थिए । भगडा नभएको भए घटना नहुने प्रहरीको भनाई छ ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर घटनाको टुंगो अदालतले लगाउने बताएको छ । प्रहरीले पोस्टमार्टम र पोलिग्राफ परीक्षण रिपोर्टका आधारमा हत्या वा आत्महत्या के हो भन्ने तथ्य बाहिर नल्याई त्यसको निधो गर्ने जिम्मा अदालतलाई सुम्पिने उनले बताए ।

दुबै चार वर्षदेखि प्रेममा रहेको, दिनहुँ टेलिफोन वार्ता हुने गरेको, एकअर्काको घरमा आउजाउ र उठबस गरेको, घटनामा दुबैजना सँगै रहेको, झगडा भएको तथ्यका आधारमा रुद्रको संलग्नता छैन भनेर किटान गर्न नसकिने लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए ।