पछिल्लो समयमा खासै चर्चामा नदेखिएकी बिना मगर अहिले फेरी चर्चामा छिन् । अहिलेको चर्चा भनेको उनलाई प्रदेश नं. ७ को एमाओवादी कमिटिले एकता महाधिवेशन आयोजिक समितिका लागि पहिलो नम्बर सिफारिसमा पारेपछि चुलिएको हो । माओवादीले जनयुद्ध शुरु गर्दा सुदूरपश्चिममा भने मुश्किलले औंलामा गन्न सकिने नेता तथा कार्यकर्ता थिए माओवादीका । प्रवास केन्द्र बनाएका या हिजोको एकताकेन्द्रसँग जोडिएका केही समर्थक रहेपनि सीमित व्यक्तिहरु खुलेर आएका थिए माओवादीमा । तिनै औंलामैं गन्न सकिने थिइन बिना मगर । तर उनीपछिका कैयन् व्यक्तिहरु केन्द्रीय सदस्यदेखि सांसदसम्म भए । अहिले प्रदेश न.. ७ ले उनको यही भूमिकालाई देखेर होला, केन्द्रीय सदस्यका लागि सिफारिस गरेको छ ।
गत साता उनी कहाँ के गर्दैछिन् भन्ने उत्सुकतवश हामीले उनीसँग सम्पर्क गरेका थियौं ।
“भोली सिंहदरबार जाने काम छ, त्यतै भेटम्ला” उनले भनिन ।
बीना भेटिइन सिँहदरबारमा । काखमा सानो बाबु बोकेकी बीना कार्यकर्ताहरुको बीचमा थिइन । कञ्चनपुरबाट डेलिगेसन आएको रहेछ । त्यसकै लागि मन्त्रालय जान लागेकी । वर्ष दिन पुग्न लागेको बच्चा बोकेरै भएपनि मन्त्रालय धाइरहेको उनले बताइन ।
सिँचाई मन्त्रालयसमा मिटिङ रहेछ उनको । हामी पर्खियौं । फर्किंदा उनी उत्साहित देखिन्थिन । लाग्थ्यो, डेलिगेशनको काम भएछ । त्यसपछि उनले हामीसँग कुरा गरिन आफ्नो दैनिक जीवनका बारेमा ।
पढौं बीनाकै शब्दमा ।
काठमाडौंको जिल्ला कमिटि हामीले धानेका थियौं । उपत्यकामा मुश्किलले एक सय जना थियौं होला हामीहरु । केही स्थानीय साथीहरु थिए । म २०५१ सालमा काठमाडौं आएकी, संगठनमा नै काम गर्न । त्यतिखेर बेग्लै जोश हुन्थ्यो । उपत्यकाको जिम्मेवारी सबैभन्दा जोखिम र चुनौतीपूर्ण मानिन्थ्यो । तर हामीबीच भने यो जोखिम मोल्ने प्रतिष्पर्धा नै चल्थ्यो ।
२०६० सालमा म गिरफ्तारीमा परें, पछि रिहा भएँ । रिहा भएर आइसकेपछि भने सबै नयाँ नौलो लाग्यो । हिजोका साथीहरु, सँगै संगठनमा हिंडेका, संगठन जोगाएका कमरेडहरु कोही जेल पुगेछन्, केहीको हत्या भएछ । केही वेपत्ता भएछन् । संगठनमा सबै नयाँ, कोही चिनिएका, अधिकांश नचिनिएका । मलाई नै मेरो परिचय दिनु पर्ने स्थिति थियो ।
केही साथीहरु, जो अहिले क्रान्तिलाई नै धोका दिएर नयाँ शक्तिमा गएका छन् लगायतले आफू टिकट नपाएको कारण मलाई असहयोग नै गरे ।
एमाले कांग्रेसले चुनावी अभियान चलाइसकेको थियो तर हामी भने संगठन निर्माणतिर लाग्यौं ।
हामी क्रान्तिका लागि लडेका थियौं । हरेक मोर्चा क्रान्तिका मोर्चा हुन्थे । पछि दोश्रो संविधानसभामा पार्टीले कञ्चनपुर क्षेत्र नं। १ बाट निर्वाचन लड्ने जिम्मेवारी दियो । त्यही अनुरुप चुनाव क्षेत्रतिर लागियो । तर सोचेजस्तो सजिलो थिएन । पछि गएर जिल्लाका केही साथीहरुले मेरो बिरोध समेत गरे । हाम्रो निर्वाचन क्षेत्रलाई कोशिस गरेपनि जित्न नसकिने क्षेत्रका रुपमा निर्धारण गरिएको थियो । केही साथीहरु, जो अहिले क्रान्तिलाई नै धोका दिएर नयाँ शक्तिमा गएका छन् लगायतले आफू टिकट नपाएको कारण मलाई असहयोग नै गरे ।
एमाले कांग्रेसले चुनावी अभियान चलाइसकेको थियो तर हामी भने संगठन निर्माणतिर लाग्यौं । चुनावमा हारजीत जे भएपनि संगठन मुख्य हो भन्ने पनि थियो, संगठन निर्माणमा मेरो रुचि पनि । त्यसपछि हामीले गाविसदेखि बुथ कमिटिसम्म निर्माण गर्यौं १५, २० दिनसम्म । चुनावमा गइयो । स्थानीय जनताको उत्साह राम्रो थियो, सहयोग राम्रो थियो ।
चुनावको मतगणना भइरहेको थियो । त्यहीबेला पार्टीले सबै मतगणना केन्द्रबाट प्रतिनिधि र उम्मेद्वारहरुलाई बाहिरिन निर्देशन दियो । सँगैका साथीहरु मानिरहनु भएको थिएन । मैले निकै करबलले वहाँहरुलाई पार्टीको निर्देशन भएकोले निस्किन अनुरोध गरेँ । त्यसपछि मेरो मत बदर हुने क्रम शुरु भयो । म ४ सय मतको हाराहारीले हारेँ तर मेरो २६०० मत बदर भयो । पछि पत्रकार साथीहरुले भने अनुसार, सदर मत समेत बदर भनेर फालेर भेटिएको थियो रे, ।
bina-magar
“तपाईलाइ तपाईकै पार्टीको त्यो रातीको निर्देशनले हराएको हो, हामीले त मत दिएकै थियौं” भनेर जनताले भने । मेरा लागि जनताको माया र सहयोग मुख्य थियो, जीत थिएन । पार्टीको निर्णय ठूलो थियो ।
चुनावपछि भने त्यति सक्रिय हुन सकिनँ । बाबु जन्मियो । राजनीतिकरुपमा सबैभन्दा बढी क्रियाशील भएको परिवारकी बुहारी । मैले बच्चालाई छोडेर जिल्ला जानसक्ने अवस्था थिएन । तर जनतासँगको सम्बन्ध, उनीहरुका अपेक्षा, हारेपनि चुनावमा मैले गरेका वाचा र प्रतिबद्धता मैले पुरा गर्नैपथ्र्यो । त्यसैले बाबु ३ महिना पुगेपछि म सक्रिय भएँ । बाबुलाई नै काखमा बोकेर सिंहदरबार धाउने गरेकी छु ।
नयाँ सरकार गठन भएपछि बाबु पनि ३, ४ महिनाको भइसकेको थियो, मैले आफ्नो प्रतिबद्धता पुरा गर्नुपर्ने दायित्व अनुभूति गर्दै योजना बनाएँ । स्थानीय पार्टी कमिटिसँग निरन्तर सम्पर्क थियो । जिल्ला र क्षेत्रका साथीहरुसँग झनै सम्पर्क बढाए । काठमाडौंबाट गर्न सकिने के हुनसक्छ भनेर सबैसँग छलफल गरियो । त्यसपछि आफूले गरेका प्रतिबद्धताहरु आंशिकरुपमा पुरा गर्नतर्फ लागे ।
कञ्चनपुर आफैमा पछाडि परेको जिल्ला हो । त्यसमा पनि क्षेत्र नं। १ मिश्रित समुदाय बसोबास गर्ने क्षेत्र, जीविकादेखि प्राकृतिक प्रकोप, अविकासदेखि सीमाको समस्यासँग जुधिरहेका जनता ।
हामी तीनतिरबाट भारतबाट घेरिएका । सीमा क्षेत्रमा जहिल्यै पनि अतिक्रमण । स्थानीयस्तरबाट यसको बारम्बार बिरोध हुँदै आएको छ । मैले मेरो तहबाट केन्द्रमा, गृहमन्त्रालयमा यसबारेमा पटकपटक कुरा गरेँे । यो मेरो तहबाट या एउटा जिल्ल कमिटिका तर्mबाट हल हुने विषय नभएकोले भारतसँग नै द्विपक्षीय कुरा गर्न समेत अनुरोध गर्दै आएकी छु । यसमा जिल्ला पार्टीले अभियान नै चलाएर अघि बढ्नुपर्ने देखेकी छु ।
जिल्लामा बाढीको समस्या निकै ठूलो छ । दोदा नदीले हरेक वर्ष लाखौंको जनधन क्षति गर्छ । त्यसक्षेत्रका सबै गाविसमा यसले प्रभाव पारेको छ । यसअघि त्यही जिल्लाबाट जितेका व्यक्ति नै सिँचाई मन्त्री हुनुभयो । यो हाम्रा लागि खुशीको कुरा थियो तर बिडम्बना, तटबन्ध बनाउँदा वहाँले आफ्नो निर्वाचन क्षेत्रमा छुने भागमा मात्रै तटबन्ध निर्माणका लागि सहयोग गर्नुभएछ । यसबारेमा मैले सिंचाई मन्त्रीसँग पहल गरेँ । वहाँले पहिला चरण भनेर केही बजेट छुट्टयाउनु भएको छ । तुरुन्तै टेण्डर आव्हान गरेर त्यो कामको प्रक्रिया अघि बढाइरहेका छौं । पहिलो चरणमा उदयपुर, रामपुर हुँदै सिम्रीसम्म तटबन्ध बन्छ ।
नेपाली जनयुद्ध र शान्ति प्रक्रिया अर्थात् भनौं एउटा विकट क्षेत्रमा जन्मेर, महिला भएर पनि सक्रियतापूर्वक नेपाली क्रान्तिमा मेरो योगदानको मूल्यांकन गरेर नै होला, अहिले ७ नं। प्रदेशले मलाई एकता महाधिवेशन आयोजक समिति सदस्यका लागि पहिलो नम्बर नै सिफारिस गरेर पठाएको छ । यसले पनि मलाई झन जिम्मेवारी थपेको जस्तो महसुस भएको छ ।
बेल्डाँडीमा पनि चौदा नदीले निकै समस्या पार्ने गर्छ । यसका लागि पनि हामीले पहल गर्यौं । यसलाई पहिलाकै अवस्थामा फर्काउने गरी हिजोमात्रै सिँचाईमन्त्रीसँग कुरा भयो । जिल्ला सिँचाईले लागत इष्टिमेट तयार गरेर पठाउन निर्देशन दिइएको छ ।
कतिपय गाउँमा सिँचाईको निकै अभाव छ । त्यस्ता गाउँका लागि स्यालो ट्युबबेल जडान गर्न सकियो । सडक ग्राभेल र अन्य योजनाहरु बजेटमा परेका छन् । यसका लागि निकै मेहनत पनि गर्नुपर्यो ।
त्यो क्षेत्रका युवाहरुलाई लक्षित गरेर पनि खेलकुदलगायतका अन्य क्षेत्रमा सहयोग दिने काम गरिएको छ । यसका लागि क्लबहरु परिचालन गर्ने काम भएको छ ।
मुख्य कुरा आर्थिकरुपमा कमजोर छन् त्यहाँका जनता । त्यसैले यी टुक्रा योजनाले केही क्षेत्रमा मात्रै सहयोग पुर्याउने हो । मुख्य कुरा केन्द्रीय सत्ताको उत्पीडिनमा परेको त्यो क्षेत्रका लागि एकीकृत योजना आवश्यक छ । सबै क्षेत्रलाई समेट्ने गरी एकीकृत र विस्तृत योजना बनाउन राज्यले पहल गर्नुपर्छ । यसले मात्रै कञ्चनपुरका ती क्षेत्रहरुका जनताले राहत पाउन सक्छन् । समृद्ध हुनसक्छ त्यो क्षेत्र ।
मैले अब जिल्लामा बढी समय दिने योजना बनाएकी छु । जिल्लाका समस्यालाई केन्द्रमा पुर्याउने, यता पनि पहल गर्ने र जनताबीच पनि समय बिताउने योजना मेरो छ । अब बाबुलाई पनि छोडेर जान सकिन्छ । जनताबीच संगठन निर्माण पनि गर्नुपर्ने दायित्व छ । जिल्ला पार्टीका साथीहरुले पनि सहयोग गर्नुभएको छ । म हारे भने छूट दिने अवस्था छैन । मेरो आधार भूमि कञ्चनपुर हो, मैले त्यस क्षेत्रमा नै समय दिनुपर्छ । जनताबाट राम्रो प्रतिक्रिया पाएको छु । बिनालाई नै जिताएका भए हाम्रो ठाउँमा विकास हुन्थ्यो कि भन्ने वहाँहरुले भन्नुहुन्छ ।
नेपाली जनयुद्ध र शान्ति प्रक्रिया अर्थात् भनौं एउटा विकट क्षेत्रमा जन्मेर, महिला भएर पनि सक्रियतापूर्वक नेपाली क्रान्तिमा मेरो योगदानको मूल्यांकन गरेर नै होला, अहिले ७ नं। प्रदेशले मलाई एकता महाधिवेशन आयोजक समिति सदस्यका लागि पहिलो नम्बर नै सिफारिस गरेर पठाएको छ । यसले पनि मलाई झन जिम्मेवारी थपेको जस्तो महसुस भएको छ । मेरा लागि क्रान्ति र परिवर्तन ठूलो हो, व्यक्तिगतरुपमा निष्क्रिय भएर बस्दा आफैलाई असजिलो लाग्छ । हेरौं, समय र परिस्थितिले कति साथ दिन्छ । -एभरेष्ट दैनिकबाट
Social Buttons