Latest News
aaa

देउवामाथि पनि प्रहार सुरू, कसले गर्‍यो प्रहार ?


काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् । १३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन् ।

पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख छ । नागरिक दैनिकले समाचार छापेको छ ।
baa

फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने भएपनि सभापतिको ध्यान त्यता नपुगेको बताए ।

सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सुर गरेका छैनन् ।

त्यस्तै बाँकी १४ केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्य सुरु भएको छैन ।

विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबे तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ ।