संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अनुसार १५५ झोलुङ्गे पुलको निर्माणका लागि कार्ययोजना बनाईको उल्लेख छ । सरकारको निर्णय पश्चात् ३ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ जनाएको छ । २०७३ चैत्र सम्ममा थप २० वटाको पुल निर्माण सम्पन्न भउको जनाएको छ ।
थप ११ वटाको सम्झौता भैसकेको, २० वटाको बोलपत्र आह्वान भएको छ भने थप ९ वटा टेण्डर प्रकाशन गर्ने अन्तिम चरणमा पुगेको उल्लेख छ । यस्तै ७२ वटाको डिपिआर निर्माणको कार्य भईरहेको जनाएको छ ।
तुईन प्रतिस्थापन गरी झोलङ्गे पुल निर्माण गर्ने कार्यका आवश्यक चरणहरु लक्ष्य अनुरुप अघि बढी रहेको र त्यसका लागि आवश्यक बजेट पनि सुनिश्चत गरि सकिएको उल्लेख छ । २०७४ को असोजसम्ममा १५५ वटा तुईन प्रतिस्थापन भई झोलुङ्गे पुल निर्माण हुने मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भटृराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Social Buttons