मर्नेको संख्या ९ पुगेको जानकारी दिए । उनका अनुसार मध्यनेपाल नगरपालिका अन्तर्गत तान्द्राङटक्सार र जिताको सीमामा पर्ने तारेभीरमा तनहुँको सदरमुकाम दमौलीबाट जिताका लागि छुटेको ना ६ ख ४१३६ नम्बरको यात्रुवाहक बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । बस भीरबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन् । घाइतेलाई अस्पताल पुगाइएको र अवस्था चिन्ताजनक रहेको प्रहरी असई थापाले बताए । यसकारण भयो दुर्घटनाः प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सहचालक (खलासी)ले गाडी चलाउँदा दुर्घटना भएको खुलेको छ । बसका जिवित यात्रुहरुले पनि बस खलासीले चलाएका कारण भिरबाट खसेको बताएका छन् । घटनालगत्तै चालक सुरज बिक फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी, स्थानीय बासीको भीड लागेको छ । बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । को–को परे ? मृतकहरु रमा गुरुङ रामकृष्ण गुरुङ चिनुमाया गुरुङ राजिव गुरुङ शेरबहादुर खवास गणेश गुरुङ मीना कुमारी गुरुङ सविना खवास नारायण थापा मृतक सबै मध्यनेपाल नगरपालिका १–जिताकोटका हुन् । तस्वीरः युवराज श्रेष्ठबाट ।
लमजुङमा यसरी भयो बस दुर्घटना,९ जनाको मृत्यु

Social Buttons