प्रहरीले उनको प्रेमि दाबी गर्ने आशिष चौधरी सहित केही व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धानमा खुले अनुसार मनिषा बसेको कोठाको झ्यालको सिसा समेत फुटेको छ भने खाटमा रगत देखिएको छ । पक्राउ परेका चौधरी मनिषाको प्रेमि रहेको परिवारलाई समेत जानकारी रहेको स्थानियको भनाई छ ।
आशिष चौधरी महतो प्रहरीका अनुसार पक्राउ परेका आशिषले यस अघि आशिष महतोको नामबाट फेसबुक चलाएका थिए । उनको असली नाम रुद्र नारायण चौधरी भएनपनि सामाजिक सञ्जालमा भने उनले आशिष मात्रै लेख्दै आएका थिए । मनिषाले आशिषलाई गरेको ट्याग सामाजिक सञ्जालमा आशिष र मनिषाबीचको सम्बन्धलाई नियाल्दा सम्बन्ध सरुमा निकै राम्रो भएपनि पछि खटपट भएको बुझ्न सकिन्छ ।
एप्रील १७ मा मनिषाले राखेको फेसबुकको एउटा फोटोमा आशिषले लेखेका छन्, ‘अलवेज क्यूट वेबी’ । मनिषाले सार्वजनिक अधिकांश फोटोहरु आशिषलाई पनि ट्याग गर्ने गरेकी थिईन् । ‘मिस मी अर हेट मी बोथ आर माइ फेभर, इफ यू मिस मी आइ वील अल्वेज बी इन योर हर्ट, इफ् यू हेट मी, आई वील अल्वेज बी इन योर माईन्ड’ मार्च ३१ मा उनले लेखेको यो स्ट्याटस उनको प्रेमि भनिने आशिस र अन्य १० जना साथीहरुलाई ट्याग गरेकी छिन् । मार्च २२ मा होलीको शुभकामना लेखेकी मनिषाको फेसबुकमा आशिषले कमेन्ट गरेका छन्, ‘सेम टू यू’ । त्यस अघिका अधिकांश स्ट्याटसमा आशिसले कमेन्ट गरेका छन् । तर केही दिन अघिदेखि भने उनीहरुबीच फेसबुकमा त्यति मिलन नभएको देखिन्छ ।
Social Buttons