बहिनीको निधनको खबर पाएर बेल्जियमबाट फर्किने क्रममा कतारमा आफ्ना नजिकका फ्यान एलिस खड्कासँग आफ्नो बहिनीको स्वभाव शेयर गर्दै उनले बहिनीको हत्या नै भएको दाबी गरेका हुन् ।
विमलसँग कतारको एयरपोर्टमा सेल्फी खिच्दै एलिस खड्का
पैसाको अभावमा बहिनीलाई नर्स पठाउन नसकेका विमलको गुनासो सुनाउँदै एलिसले भने- ‘बिमल भाइको बहिनीलाई नर्स बनाउने इच्छा रहेछ । तर, पैसाकै अभावले गर्दा पढाउन नसकेको कुरा गर्यो । बहिनीको हत्या नै भएको हो भन्ने उसलाई लागेको छ । आत्महत्या त मेरो बहिनीले गर्नै सक्दिँन भन्थ्यो ।’
शुक्रबार बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेका विमलले सोही दिन बहिनीको अन्त्येष्टि गरेका थिए । मनिषाको मृत्यु भएको चार दिनभइसक्दा पनि अझै कारण खुल्न सकेको छैन् । .
(बहिनीको मृत्युको खबर सुनेर बेल्जियबाट फर्किने क्रममा विमलसँग कतारमा ८ घण्टा विताएका एलिस खड्कासँगको कुराकानीमा आधारित । जो शोकमा रहेका विमलसँग सेल्फी खिचेर विवादमा तानिए ।)
Social Buttons