Latest News
aaa

जाजरकोटमा सुनखानी भेटियो

यहाँको सदरमुकाम खलंगाको धल्दामा सुनखानीको सम्भावना देखिएको छ । विगत पाँच महिनादेखि चिनियाँ प्राविधिकले डेढसय फिट तलसम्मको अवस्थाको अध्ययन गरिरहेको बताइएको छ ।

ड्रिल गरेर निकालिएका विभिन्न खनिज तथा कंक्रिट चीन पठाएर आवश्यक अनुसन्धान गर्ने काम भइरहेको चिनियाँ नागरिक सङपिङले दोभासेले बताए । अहिलेसम्मको अवस्था सकारात्मक देखिएकाले हामीले अझैँ लगानी गर्ने निधो गरेका छौं उनले भने ।

यस कार्यका लागि पहिलो चरणमा करिब ६ करोडसम्म खर्च हुनेछ । वेगप्रसाद अर्यालले सुनखानी खोजतलास कम्पनी धरान–७ सुनसरीको नामबाट काम गरिरहेका चिनियाँ प्राविधिकले सुन खानीको सम्भावना औंल्याएका हुन् । प्राविधिक समेत रहेका चिनियाँ नागरिक सङपिङले सुनखानीको सम्भावना देखिएको बताए ।

खानी तथा भूगर्भ विभागबाट सुनखानीको खोजतलासको अनुमति लिएर कम्पनीको नामबाट चाइनिजले काम गरिरहेको स्थानीय प्रशासनले बताएको छ । चिनियाँ नागरिक सङपिङको नेतृत्वमा स्थानीय मजदुरलाई संलग्न गराएर काम गरिरहेको छ ।

सुन खोजतलास गर्ने स्थल धल्लामा विभिन्न उपकरण जडान गरिरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । कम्पनीले खोजतलासकोे काम पुनः सुरु गर्न अझैँ केही समय लाग्ने मल्लको भनाइ छ ।

उनीहरूले यतिबेला आफ्नै लगानीमा खानी स्थलसम्म पुग्ने करिब २ किलोमिटर बाटो बनाएका छन् । उनीहरूले आफ्नै स्काइभेटर ल्याउने तयारी गरिरहेको जनाएका छन् ।
हाल नदीको बगरमै सुन खोजी गरिरहेको कम्पनीले भेरी नदीलाई नै डाइभर्सन गरेर वर्षाको समयमा पनि नियमित काम गरिरहने जनाएको छ । स्थानीयको आग्रहमा ५ किमी धल्ला, इउरी भेलाले मोटर बाटोको स्तरोन्नति र रामजानकी प्राविको चार कोठे भवन निर्माण गरिदिने खोजतलास कम्पनीले जनाएको छ