शिथिल अवस्थामा लिङ्ग औसतमा ९.१६ सेन्टिमिटर लामो हुनुपर्ने र त्यसको मोटाइको बाहिरी घेरा औसतमा ९.३१ सेन्टिमिटर हुनुपर्ने धारणा राखिएको छ ।
यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए । उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् ।
यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ ।
यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ ।
वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ ।
यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए ।
यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ । यस अध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ ।
यसै गरी अनुसन्धाकर्ताहरूले पुरुषको खुट्टाको आकार तथा उसको लिङ्गको आकारमा कुनै पनि सम्बन्ध फेला नपरेको बताइएको छ ।
सामान्य व्यक्तिभन्दा आफ्नो लिङ्गको आकार ठूलो भएको कुरामा विश्वस्त भएका पुरुषले मात्र यस अध्ययनमा भाग लिएको हुनसक्ने सम्भावनाका कारण यो अनुसन्धान केही हदसम्म उनीहरूतर्फ ढल्केको हुनसक्ने अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् ।
यस अध्ययन समूहले आफ्नो अनुसन्धानात्मक लेख मूत्रविज्ञानसम्बन्धी पत्रिका ‘बीजेयु इन्टरनेसनल’ मा प्रकाशित भएको बताएका छन् । उनीहरूले लिङ्गको लम्बाइ तथा मोटाइका विषयमा हालसम्मका सबै तथ्याङ्कलाई यस अध्ययनमा पहिलोपटक एकीकृत गरिएको दाबी गरेका छन् ।
यस सूचनालाई आफ्नो लिङ्गको आकारका विषयमा चिन्ता गर्ने व्यक्तिलाई आश्वस्त बनाउन उपयोग गर्न सकिने बताइएको छ । अर्कोतिर आफूले असाधारण रूपमा ठूलो लिङ्ग पाएको भनी घमन्ड गर्ने व्यक्तिलाई यस अध्ययनले निराश पार्नसक्ने पनि अनुमान गरिएको छ ।
यस अध्ययनका कारण पुरुषलाई आफूलाई आवश्यक पर्ने आकारको कन्डम प्राप्त गर्न चिकित्सकले सहयोग गर्नसक्ने पनि अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा
Social Buttons